कुरिल द्वीपमा शक्तिशाली भूकम्प

  चैत १२, २०७६

मस्को, चैत १२ : रसियाको कुरिल द्वीपमा बुधबार बिहान २.४९ बजे ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।

सर्भेका अनुसार रसियाली शहर सेभेरो–कुरिल्स्कबाट दक्षिणपूर्व करिब २१९ किलोमिटरको टाढा जमिनको सतहबाट करिब ५७ किलोमिटर गहिरो भागमा भूकम्पको केन्द्र रहेको छ ।

भूकम्पबाट भएको जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय रुसी अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया