समाचार

प्रदेश अधिवेशनका लागि पाँच सय ७५ प्रतिनिधि निर्वाचित

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि पाँच सय ७५ प्रतिनिधि निर्वाचित भएका छन् । यही कात्तिक २६ र २७ गते…

महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाउनुभएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द…

राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ…

यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपाल थाइल्याण्डविरुद्व खेल्दै

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ । नेपाल र थाइल्याण्डबीचको…

कांग्रेसद्वारा उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो

 कार्तिक २५, २०८१

सिमकोट (हुम्ला), २५ कात्तिक : आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ । सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई…

व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी

 कार्तिक २५, २०८१

सुर्खेत, २५ कात्तिक : दैलेखको गुराँस गाउँपालिका–८ झ्याजे गाउँका किसानले तरकारी बेचेर पर्याप्त आम्दानी गर्दैआएका छन् । नौ परिवार रहेको उक्त गाउँका किसानको मुख्य आम्दानीको स्रोत नै तरकारीखेती हो ।…

धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति

 कार्तिक २५, २०८१

गलकोट (बागलुङ), २५ कात्तिक : गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ । औषधालयमा हाल बहिरङ्ग सेवामात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरङ्ग सेवा…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१…

विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई

 कार्तिक २५, २०८१

धरान (सुनसरी), २५ कात्तिक : विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ जन्मजयन्तीका अवसरमा कवि विमल गुरुङ स्मृति पुस्तकालय…

आज फाल्गुनन्द जयन्ती मनाइँदै

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको…