समाचार

आवश्यक जनशक्ति तथा औषधि तयारी अवस्थामा राख्न अनुरोध

 असोज १८, २०८२

काठमाडौँ, १८ असोज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न सबै अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ…

लाङटाङमा पदयात्राका लागि गएका भक्तपुरका चार जना बेपत्ता

 असोज १८, २०८२

रसुवा, १८ असोज : लाङटाङमा पदयात्राका लागि गएका भक्तपुरका चार जना बेपत्ता भएका छन् । भक्तपुरबाट शुक्रबार १६ जनाको टोली पदयात्राका लागि लाङटाङ पुगेको थियो । गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्छामा…

निरन्तर निगरानी एवं अनुगमन भइरहेको छ : गृहमन्त्री

 असोज १८, २०८२

काठमाडौँ, १८ असोज : गृहमन्त्री ओमप्रकाश अर्यालले भारी वर्षापछिको विपद्का क्रममा हुने राहत एवं उद्धारको निरन्तर निगरानी एवं अनुगमन भइरहेको बताउनुभएको छ । विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामबारे जानकारी…

अविरल वर्षाका कारण देशभरका ६ सडकमा आवागमन रोकियो

 असोज १८, २०८२

काठमाडौँ, १८ असोज : शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ । पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय…

नागरिकको सुरक्षा नै हाम्रो सर्वोपरि काम हो : प्रधानमन्त्री

 असोज १८, २०८२

काठमाडौँ, १८ असोज : प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताउनुभएको छ । देशवासीका नाममा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले…

ज्येष्ठ नागरिक र सुकुम्वासी परिवारलाई स्थानान्तरण

 असोज १८, २०८२

काठमाडौं, १८ असोज : नेपाली सेनाले उपत्यकाका नदीहरूमा पानीको बहाव बढेसँगै जोखिममा परेका नागरिकको उद्धार गरेको छ ।  काठमाडौँ महानगरपालिका वडा नं. ११ थापाथलीस्थित बागमती नदीको किनारको बस्तीमा जोखिम बढेपछि त्यहाँका…

काठमाडौंका नदी करिडोरमा यस्तो छ विपद्–जोखिम न्यूनीकरणको तयारी

 असोज १८, २०८२

काठमाडौँ, १८ असोज : शनिबार साँझ बल्खुस्थित बागमती नदी किनारका बस्तीमा बाढी पस्न थालिसकेको थियो । सम्भावित जोखिमलाई मध्यनजर गरी त्यहाँबाट मानिसलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गरियो, वरिपरी रहेका पसलका सामान…

राजमार्गमा रोकिएका सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन गृह मन्त्रालयको निर्देशन

 असोज १८, २०८२

काठमाडौँ, १८ असोज : गृह मन्त्रालयले देशभरका राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पुर्‍याउने गरी सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै प्रमुख…

राजमार्गमा रोकिएका यात्रुको व्यवस्थापन गर्न आग्रह

 असोज १८, २०८२

काठमाडौँ, १८ असोज : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राजमार्गमा रोकिएका यात्रुलाई सुरक्षित स्थानमा राख्दै खानपान र स्वास्थ्योपचारलगायत आवश्यक बन्दोवस्त गर्न आग्रह गरेको छ । प्राधिकरणले आज सबै…

उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक

 असोज १८, २०८२

काठमाडौँ, १८ असोज : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक)मा साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह…