समाचार

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व बिहीबार मनाउनु नै शास्त्रसम्मत

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् । यस वर्षको जनैपूर्णिमा,…

रु आठ सयले बढ्यो सुनको मूल्य

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार…

एमाले नेताहरु जनकपुरमा

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : नेकपा (एमाले) का शीर्ष नेताहरु जनकपुर अवतरण भइसक्नुभएको छ । सिरहाको सर्रे अम्बासमा हुने पार्टीको सचिवालयको बैठकमा भाग लिन जानेक्रममा बुद्ध एयरको जहाज प्राविधिक कारणले जनकपुरमा…

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्वारा शुभकामना

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टोलीसँग…

क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क

 भदौ १३, २०८०

चितवन, १३ भदौ : चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क…

लेक लागेर तीर्थयात्रीको मृत्यु

 भदौ १३, २०८०

बाजुरा, १३ भदौ : बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन् । बडीमालिकाको…

विश्व बेपत्ताविरुद्धको दिवस आज

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा विश्व बेपत्ताविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा आज मानवअधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाले बेपत्ताविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमको…

टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना

 भदौ १३, २०८०

रामपुर (पाल्पा), १३ भदौ : शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ । कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर…

महावुधाम मेला भर्नेको घुइँचो

 भदौ १३, २०८०

मान्म (कालिकोट), १३ भदौ : कालिकोटको महावै गाउँपालिकास्थित महावुधाम मेला भर्नेको घुइँचो लागेको छ । महावुधाम मेला भर्नका लागि बिहानैदेखि तीर्थयात्रीको घुइँचो लागेको हो । दैलेख, सुर्खेत, कालिकोट, जुम्ला, नेपालगन्जलगायत…

सेनानी पण्डित चार दिनदेखि बेपत्ता

 भदौ १३, २०८०

जाजरकोट, १३ भदौ : डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क आउनुभएको छैन । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी…