समाचार

दुई वैदेशिक रोजगार व्यवसायीलाई कारबाही

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : वैदेशिक रोजगार विभागले दुई वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ…

नेवार समुदायले गुँपुन्ही मनाउँदै

 भदौ १३, २०८०

भादगाउँ (भक्तपुर), १३ भदौ : श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज नेवार समुदायले गुन्हुँपुन्ही पर्व मनाउँदैछन् । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन भदौ १४ गते परेकाले…

पाल्पाको जोर्तेमा पहिरोले जिप पुरिँदा तीनको मृत्यु, ६ जना घाइते

 भदौ १३, २०८०

रामपुर (पाल्पा), १३ भदौ : पाल्पाको रिब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको…

सिरहाको सर्रे अम्बासमा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

 भदौ १३, २०८०

लहान (सिरहा), १३ भदौ : नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा बस्ने भएको छ । नेकपा (एमाले)का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका…

देउडामा तीन पुस्ता एकसाथ नाच्दै

 भदौ १३, २०८०

दोधारा चाँदनी (कञ्चनपुर), १३ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ शिवधाममा केही दिनयता साँझ पख्ख अरु बेलाको भन्दा छुट्टै रौनक देख्न पाइन्छ । हरेक दिन यहाँ नब्बे वर्षीय वृद्धदेखि किशोरसम्म दिउँसोदेखि…

केरामा पानामा रोग : प्रारम्भिक अध्ययन थालियो

 भदौ १३, २०८०

भजनी (कैलाली), १३ भदौ : कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको…

क्रिकेटका महारथीहरूसँग प्रत्यक्ष सामना गर्दै नेपाल

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : नेपालले क्रिकेटका महारथीहरूसँग बुधबारप्रत्यक्ष सामना गर्दै छ। छिमेकी भएर पनि नेपालले विश्व क्रिकेटका महारथी भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासँग प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन। एसिया कपको…

एमसीसी उपाध्यक्ष एलफोर्ड नेपाल भ्रमणमा

 भदौ १२, २०८०

काठमाडौँ, १२ भदौ : संयुक्त राज्य अमेरिकीको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आइपुग्नुभएको छ । नेपालसँगको एमसीसी सम्झौताको सुरुआतको अवसर पारेर एमसीसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष…

राष्ट्रियता र स्वाधीनताको पक्षमा जनयुद्ध जसरी लडेको छु : प्रधानमन्त्री

 भदौ १२, २०८०

बुटवल, भदौ १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधीनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताउनुभएको छ । आज (मङ्गलबार) बुटवलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै…

तत्कालीन नगरप्रमुखसहित १० जनाविरुद्ध एक करोड बढी भ्रष्टाचार मुद्दा

 भदौ १२, २०८०

काठमाडौं, १२ भदौ : कञ्चनपुरको तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर विष्टसहित १० जनाविरुद्ध एक करोड ३४ लाख ९७ हजार ४५३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता…