समाचार

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

 मंसिर २२, २०८०

चितवन, २२ मङ्सिर : मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने…

मुग्लिन–पोखरा सडक विस्तारः पूर्वी खण्डमा नौ किमी कालोपत्र

 मंसिर २२, २०८०

दमौली, २२ मङ्सिर : पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो…

१४ किलाे सुनसहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ

 मंसिर २२, २०८०

काठमाण्डाै, २२ मंसिर : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलबाट १४ किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले गए राति फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले…

नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो

 मंसिर २२, २०८०

काठमाण्डाै, २२ मंसिर : नेपाली सेनाले प्राविधिक अधिकृत पदहरूका लागि आवेदन मागेको छ । प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक उपचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट, मेकानिकल इन्जिनियर लगायत पदमा खुला तथा…

बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न काेषकाे आग्रह

 मंसिर २२, २०८०

काठमाण्डाै, २२ मंसिर : बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । कोषले आज शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो सोमवार शतबीज छर्दा…

कथाकार पराजुलीको ‘ड्रिमी आईज’ सार्वजनिक

 मंसिर २१, २०८०

चितवन, २१ मङ्सिर : पत्रकार एवं कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरुको सङ्ग्रह ‘ड्रिमी आइज’ सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चर्चित कथाकार पराजुलीको यो तेस्रो कृति हो । कथा सङ्ग्रह…

सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध दश उजुरी

 मंसिर २१, २०८०

काठमाडौैँ, २१ मङ्सिर : सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा उजुरी…

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

 मंसिर २१, २०८०

काठमाडौँ, २१ मङ्सिर : राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९÷८० को पन्ध्रौँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आज प्रधानमन्त्री…

त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन

 मंसिर २१, २०८०

काठमाडौँ, २१ मङ्सिर : त्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन गरेको छ । विश्वविद्यालयको जल तथा मौलम विज्ञान…

ठमेलका चोकचाेकमा सीसीटीभी क्यामेरा जडान शुरु

 मंसिर २१, २०८०

काठमाण्डाै, २१ मंसिर : राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सीसीटीभी क्यामेरा जडान शुरु भएकाे छ । ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाण्डाै महानगरपालिका र काठमाण्डाै उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा…