समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा
काठमाडौँ, २५ भदौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा आएको छ । विषम परिस्थितिका कारण मङ्गलबारदेखि बन्द रहेको अन्तर्राष्ट्रिय विमानस्थल तत्काल लागू हुनेगरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ…
विषम परिस्थितिमा धैर्यता र संयमता अपनाउन पोखरेलको आग्रह
काठमाडौँ, २५ भदौ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेता तथा कार्यकर्तामा विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमा लेख्दै सामाजिक सद्ध्भाव…
काराबारबाट भागेका पाँच जना नियन्त्रणमा
दार्चुला, २५ भदौ : ‘जेनजी’को आन्दोलनका क्रममा जिल्ला कारागारबाट गए राति भागेकामध्ये पाँच जना पक्राउ परेका छन् । कारागारबाट भागेकामध्ये आज उनीहरूलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी…
कतारमा इजरायली आक्रमणबारे सुरक्षा परिषद्को आपतकालीन बैठक बुधबार बस्ने
न्युयोर्क, २५ भदौ : अल्जेरिया र पाकिस्तानको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले दोहामा हमासको राजनीतिक ब्युरो सदस्यहरूलाई लक्षित गरी गरिएको इजरायली आक्रमणबारे छलफल गर्न बुधबार आपत्कालीन सत्र बोलाउने भएको छ…
धुलिखेल कारागारको आगलागी नियन्त्रणमा
काभ्रेपलाञ्चोक २५ भदौ : धुलिखेलस्थित जिल्ला कारगारमा लगाइएको आगो दुई घण्टापछि नियन्त्रणमा लिइएको छ । कारागारकै कैदीबन्दीले मध्याह्न १२ः०० बजे लगाएको आगो २ः०० बजे नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको…
पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा गाजामा ५२ प्यालेस्टिनीको मृत्यु
गाजा, २५ भदौ : गाजा पट्टीका विभिन्न क्षेत्रमा जारी इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा ५२ जना प्यालेस्टिनी मारिएको गाजाका चिकित्सा स्रोतहरूले बताएका छन् । मृतकमध्ये नौ जना गाजाको…
जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न बारको आग्रह
काठमाडौँ, २५ भदौ : नेपाल बार एसोसिएसनले आम जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न सम्बद्ध सुरक्षा निकायको ध्यानाकर्षण गरेको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज एक विज्ञप्ति…
कुचो, खरेटो, बेल्चालगायत उपकरण लिएर सरसफाइमा उत्रिए ‘जेनजी’
काठमाडौँ, २५ भदौ : परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले यही भदौ २३ र २४ गते सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी गरे । सार्वजनिक, सरकारी…
राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राखौ : नेपाली सेना
काठमाडौँ, २५ भदौ : नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै देशको जनजीवन सामान्य बनाउने आ–आफ्नो दायित्वलाई हरेक नागरिकले निरन्तरता दिने विश्वास व्यक्त गरेको छ । नेपाली सेनाको…
लुटपाट, आगजनी र उछृङ्खल गतिविधिमा संलग्न २७ पक्राउ, ३३ लाख बरामद
काठमाडौँ, २५ भदौ : पछिल्लो विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन् । मङ्गलबार राति १० बजेदेखि…
लोकप्रिय
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता मुस्ताङमा
माघ २६, २०८२
एचपिभी खोप लगाएपछि हर्षित किशोरीहरू
माघ २६, २०८२
आहारा खाँदै गिद्ध
माघ २६, २०८२






