समाचार
नागरिक हितार्थ तीन तहका सरकारको समन्वय र सहकार्य अपरिहार्य छ : मुख्यमन्त्री कँडेल
कर्णाली, २६ कात्तिक : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको…
प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट
काठमाडौँ, २६ कात्तिक : प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको भेटका क्रममा महानिरीक्षक खापुङले आफ्नो…
अवरोधका बावजुद गाजामा जीवन बचाउन हरेक प्रयास गर्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता
न्यूयोर्क, २६ कात्तिक : संयुक्त राष्ट्र सङ्घले आफ्ना मानवीय साझेदारसँग मिलेर गाजा पट्टीमा जीवन बचाउन सम्भावित हरेक प्रयास गर्ने आफ्नो प्रतिबद्धता जनाउँदै हमास र इजरायलबिचको युद्धविराम सम्झौता भएको लामो समयपछि…
जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको निधन
इस्तानबुल, २६ कात्तिक : टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २० जनाको निधन भएको टर्की सरकारले पुष्टि गरेको छ । टर्कीको…
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे
२६ कात्तिक : फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिस विस्थापित भएको अधिकारीहरूले बुधबार बताएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण…
पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र
काठमाडौँ, २६ कात्तिक : विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकको कालोपत्र उप्काएर ‘आस्फाल्ड प्रविधि’ को कालोपत्र गर्न लागिएको छ । कालोपत्र भइरहेको सडक उप्काउन थालेपछि…
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक
काठमाडौँ, २६ कात्तिक : सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र प्रतिक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक भएको छ । घरपरिवार सँगको र मायाप्रेमको संवेदनशील कथा समेटिएको यो गीतमा…
अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत
अस्ट्रेलिया र इन्डोनेसियाले बुधबार नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर गर्न सहमति जनाएका छन्, । सन्धिमा दुवै देशबीचको सैन्य सहयोगलाई अझ सुदृढ बनाउने व्यवस्था समावेश गरिएको छ । सिड्नीमा सम्पन्न उच्चस्तरीय वार्तापछि…
बलिउड अभिनेता धर्मेन्द्र ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज
काठमाडौँ, २६ कात्तिक : बलिउड अभिनेता धर्मेन्द्र ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।धर्मेन्द्रलाई श्वासप्रश्वासमा समस्या र निमोनियाका कारण करिब तीन हप्ता अघि अस्पताल भर्ना गरिएको थियो । धर्मेन्द्रको उपचारमा…
कञ्चनपुरमा चर्काे भाडा असुल्ने दुई दर्जन अटो व्यवसायीमाथि कारबाही
काठमाडौँ, २६ कातिक : कञ्चनपुरमा यात्रुहरूबाट चारगुणाभन्दा बढि भाडा असुल गर्दै आएका झण्डै दुई दर्जन अटो व्यवसायी कारबाहीमा परेका छन् । जिल्लाको पश्चिमी सीमा नाका गड्डाचौकी क्षेत्रमा भारतबाट मजदुरी गरेर…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






