मलेसियामा नेपाली सेक्यूरिटी गार्ड कुट्ने नेपालीद्वारा आत्मसमर्पण
काठमाडौं,साउन १९ : मलेसियामा एक नेपाली सेक्यूरिटी गार्ड कुटपिट गर्ने व्यक्ति नेपाली नै भएको र उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । कुटपिट गर्ने व्यक्ति कपिलबस्तु जिल्लाका रामगोपाल मुराउ भएको मलेसियास्थित नेपाली…
प्लाज्मा थेरापीको दायरा बढाइँदै, १५ अस्पताललाई अनुमति
काठमाडौं, साउन १९ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १५ वटा अस्पतालमा ‘कन्भेलेशन प्लाज्मा थेरापी’बाट उपचार प्रक्रिया सामानान्तर रुपमा अगाडि बढाउने भएको छ । विश्वभरि नै कोभिड–१९ बाट सङ्क्रमित भई स्वास्थ्य अवस्था…
कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
पोखरा, साउन १९ : कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जीप चालक सुरेश शेरचनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी…
भारतमा कोभिड–१९ बाट एकैदिन ७७१ को मृत्यु, सङ्क्रमित १८ लाख नाघ्यो
नयाँदिल्ली, साउन १९ : भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख…
नासाका अन्तरिक्ष यात्रीहरू सकुशल पृथ्वीमा अवतरण
वासिङ्टन, साउन १९ : अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ । अमेरिकाले झण्डै दुई दशकपछि पहिलोपटक मानवसहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष…
विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ लाख ९२ हजार नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड, साउन १९ : विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सङ्गठनका अनुसार सोमबारसम्म…
विद्युत् प्राधिकरणका आयोजनाको प्रगति ८० प्रतिशतमाथि
काठमाडौँ, साउन १९ : नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाले गत आर्थिक वर्ष २०७६-७७ मा ८१.२३ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन् । ती आयोजनाको समग्र…
टोबागो पुगेका नेपाली क्रिकेटर लामिछाने १४ दिने क्वारेन्टिनमा
काठमाडौँ, साउन १९ : क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि…
थप ४१८ मा कोरोना सङ्क्रमण, कुल २० हजार ७५० पुग्यो
काठमाडौं, साउन १९ : कोरोनाभाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २० हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या…
भित्रबाट ढोका खोल्ने हुनुपर्नेमा बाहिरबाट राख्दा मेलम्ची सुरुङ् दुर्घटना
काठमाडौँ, साउन १९ : मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट हुनुपर्नेमा…
लोकप्रिय
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
भदौ २५, २०८३
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
भदौ २५, २०८३






