कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

  साउन १९, २०७७

पोखरा, साउन १९ : कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जीप चालक सुरेश शेरचनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

नयाँ पुलबाट घान्द्रुक जाँदै गरेकोे जिप अन्नपूर्ण गाउँपालिका वडा नं. १० क्लिउ भन्ने स्थानमा दुर्घटनामा परेको हो । शेरचनको शवलाई पोष्टमार्टमका लागि पोखरा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

आलु बोकेर त्यसतर्फ गएको ग २ च २८१७ नम्बरको सेतो बलेरो जिप आलु झारेर फर्काउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब दुई सय मिटर तल खसेको र कामै नलाग्ने गरी क्षतिग्रस्त भएको स्थानीयले बताएका छन् ।

श्रीमान चलाएको मोटरसाइकलबाट खसेर मृत्यु
सर्लाही, नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

सोही ठाउँकी ४० वर्षीया सन्जु देवीको मोटरसाइकलबाट खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । सोमबार विहान आफ्नै श्रीमान्ले चलाएको बा ९ प ९९३५ नं. को मोटरसाइकलबाट खसेर सन्जु देवी गम्भीर घाईते हुनु भएको थियो ।

जिल्ला अस्पताल मलङ्गवामा प्राथमिक उपचारपश्चात न्यूरो अस्तपाल वीरगञ्ज पु¥याइएकी महिलाको उपचारका क्रममा सोही अवस्थामा सोमबार दिउँसो मृत्यु भएको हो । महिलाको मृत्युपछि प्रहरीले श्रीमान् ४५ वर्षीय नागेन्द्र रामलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया