अन्तर्राष्ट्रिय

आष्ट्राजेनेकाको खोप लगाएका इटालीका प्रधानमन्त्रीले दोस्रो डोजमा फाइजर रोजे

 असार १०, २०७८

काठमाडौं, असार ९ : इटालीका प्रधानमन्त्री मारियो ड्रागीले कोरोना भाइरस विरुद्धको खोपको दोस्रो डोजमा फाइजरको खोप लिनुभएको छ । उहाँले पहिलो डोजमा आष्ट्राजेनेकाले विकसित गरेको खोप लगाउनुभएको थियो । इटालीको कोरेरा…

न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई पनि खोप दिइने

 असार १०, २०७८

क्राइस्टचर्च, न्यूजील्याण्ड, असार ९ : न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाइने भएको छ । न्यूजील्याण्डको औषधी नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई लगाउन सकिने…

लाहौरमा विस्फाेट, दुईको मृत्यु, १७ घाइते

 असार १०, २०७८

काठमाडौं, असार ९ : पाकिस्तानको लाहौरमा भएको बम विस्फाेटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । बुधबार लाहौरस्थित एक आवासीय क्षेत्रमा उक्त विस्फाेट भएको समाचार संस्था एएनआईले जनाएको छ । लाहौरको…

फिलिपिन्सका पूर्वराष्ट्रपति अक्वीनोको निधन

 असार १०, २०७८

मनिला, असार १० : फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनोको ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि सख्त बिरामी पर्नु भएका अक्वीनो सन् २०१० देखि २०१६ सम्म…

ब्राजिलमा एकैदिन २५ लाख ६१ हजार जनालाई कोरोनाको खोप लगाइयो

 असार ०६, २०७८

ब्रासिलिया, असार ५ : ब्राजिलमा एकै दिनमा २५ लाखभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । शुक्रबार मात्र २५ लाख ६१ हजार ५५३ जनालाई खोप लगाइएको हो । ब्राजिलमा केही…

कट्टरपन्थी रईसी इरानका नयाँ राष्ट्रपति निर्वाचित

 असार ०६, २०७८

काठमाडौं, असार ५ : कट्टरपन्थी नेता इब्राहिम रईसी इरानका नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको छ । उहाँले ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । बीबीसीका अनुसार रईसी इरानका वरिष्ठ न्यायधीश…

रुसमा जहाज दुर्घटनामा नौ जनाको मृत्यु

 असार ०६, २०७८

मस्को, असार ५ : रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा…

चिनियाँ नागरिकलाई रुस प्रवेश अनुमति दिने तयारी

 असार ०५, २०७८

मस्को, असार ५ : महामारीका कारण करिब १६ महिना पहिले चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी भइरहेको मस्कोले जनाएको छ । रुसका उपप्रधानमन्त्री तात्याना गोलिकोभाले रुस प्रवेश…

दक्षिणी पेरूमा बस दुर्घटनामा परी कम्तिमा २७ ब्यक्तिको मृत्यु

 असार ०५, २०७८

लिमा, पेरू, असार ५ : दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा शुक्रवार एउटा बस दुर्घटना हुँदा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका छन् ।…

माइक्रोसफ्टको अध्यक्षमा भारतीय मुलकी सत्या नाडेला नियुक्त

 असार ०५, २०७८

वासिङ्टन, असार ५ : विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनको अध्यक्षमा सत्या नाडेला नियुक्त हुनुभएको छ । माइक्रोसफ्टको अध्यक्ष यसअघि जोन थमसन रहनु भएको थियो भने नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहनुभएको…