आष्ट्राजेनेकाको खोप लगाएका इटालीका प्रधानमन्त्रीले दोस्रो डोजमा फाइजर रोजे

  असार १०, २०७८

काठमाडौं, असार ९ : इटालीका प्रधानमन्त्री मारियो ड्रागीले कोरोना भाइरस विरुद्धको खोपको दोस्रो डोजमा फाइजरको खोप लिनुभएको छ । उहाँले पहिलो डोजमा आष्ट्राजेनेकाले विकसित गरेको खोप लगाउनुभएको थियो ।

इटालीको कोरेरा डेला सेरा पत्रिकाका अनुसार ड्रागीले मङ्रगलबार उक्त खोप लिनुभएको हो । जर्मन चान्सलर एञ्जेला मर्केलले समेत भिन्न खोप लिनुभएको छ । उहाँले दोस्रो डोजमा मोर्डनाको खोप रोज्नुभएको छ । दुबैजनाले पहिलो डोज स्वीडेन र बेलायतका कम्पनीले उत्पादन गरेको आष्ट्राजेनेकाको खोप लिएका थिए ।

गत् साता इटालीका प्रधानमन्त्री ड्रागीले दुबै खोप लिन सक्ने तर्कको समर्थन गर्नुभएको थियो । पहिलो खोप लिँदा उहाँमा कम मात्रामा एन्टीबडी बिकसित भएको थियो । त्यसैले उहाँले दोस्रो डोजको रुपमा फाइजरको खोप रोज्नुभएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

तपाईको प्रतिक्रिया