अन्तर्राष्ट्रिय
इजरायली आक्रमणमा छ सयको मृत्यु, करिब चार हजार घाइते
गाजा-जेरुसेलम-संयुक्त राष्ट्रसङ्घ, २३ असोज : इजरायल–प्यालेस्टाइन द्वन्द्वमा गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६८७ र घाइते हुनेहरूको सङ्ख्या तीन हजार ७२६ पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ…
युक्रेनले आगामी वर्ष प्रतिरक्षा खर्च बढाउने
किएभ, २३ असोज : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२४ मा प्रतिरक्षा खर्च वृद्धि गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको युक्रेनी इन्टरफ्याक्स समाचार समितिले मङ्गलबार बताएको छ । उक्त आदेशअनुसार युक्रेनले कूल…
जर्मनी गहिरो मन्दीतर्फ– आईएमएफ
फ्र्याङ्कफर्ट, जर्मनी, २३ असोज : जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै नै गहिरो मन्दीको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले मङ्गलबार बताएको छ । आईएमएफले सन् २०२३ मा जर्मनी सबैभन्दा…
बेल्ट एन्ड रोडले २० खर्ब डलरभन्दा बढीको सम्झौता गरेको छ– बेइजिङ
बेइजिङ, २३ असोज : चीनले उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको मङ्गलबार घोषणा गरेको छ । उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको…
आपराधिक गिरोहको नियन्त्रणमा रहेका मलेसियाली र ताइवानीहरूको पेरु प्रहरीबाट उद्धार
लिमा, २३ असोज : पेरु प्रहरीले बन्धक बनाई जबर्जस्ती फिरौती लिने ताइवानी आपराधिक सङ्गठनबाट बन्धक बनाइएका ४४ जनाको उद्धार गरेको सोमबार बताएको छ । आफूलाई प्रहरी वा न्याय अधिकारीका रूपमा…
घुस लिएको आरोपमा चीनमा पूर्वखेलकुद प्रमुखलाई पक्राउ गर्न आदेश
बेइजिङ, २३ असोज : चीनले खेलकुद क्षेत्रमा भ्रष्टाचारविरुद्धको अभियान जारी राखेकै बेला भ्रष्टाचारको आरोपमा एक पूर्वखेलकुद अधिकारीलाई पक्राउ गर्न आदेश दिएको सरकारी सञ्चारमाध्यमले मङ्गलबार बताएको छ । सत्ताधारी कम्युनिष्ट पार्टीबाट…
रुसका २७ ड्रोन खसालेको युक्रेनको भनाइ
किएभ, २३ असोज : युक्रेनको वायु सेनाले मुलुकको दक्षिणी क्षेत्रमा रातभरमा रुसका ३६ मध्ये २७ ड्रोन खसालेको मङ्गलबार बताएको छ । युक्रेनी सेनाले दक्षिणी खेर्सान, माइकोलाइभ र ओडेसामा २७ वटा…
म्यान्माको विस्थापितहरूको शिविरमा सैन्य आक्रमणमा २९ को मृत्यु
बैङ्कक, २३ असोज : उत्तरी म्यान्मामा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु र दर्जनौँ घाइते भएको उक्त क्षेत्र नियन्त्रणमा लिएको जातीय विद्रोही समूहका एक प्रवक्ताले मङ्गलबार बताएका…
अमेरिका–चीन सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्छ : राष्ट्रपति सि
बेइजिङ, २२ असोज : चिनियाँ राष्ट्रपति सि जिनपिङले सोमबार चीन–अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने बताउनुभएको छ । बेइजिङमा अमेरिकी सिनेटरहरूको समूहसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो…
नोबेल पुरस्कारबारे जान्नै पर्ने कुराहरू
स्टकहोम, २२ असोज : अर्थशास्त्रतर्फको अन्तिम पुरस्कार घोषणासँगै यस वर्षका लागि नोबेल पुरस्कारहरूको घोषणा समाप्त भएको छ । हावर्ड विश्वविद्यालयकी प्रोफेसर क्लाउडिया गोल्डिनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
कृषि विकास बैंकद्वारा ५९औँ वार्षिकोत्सव सम्पन्न
माघ ०८, २०८२
कीर्तिपुरबाट देखिएको काठमाडौँको घना बस्ती
माघ ०८, २०८२






