अन्तर्राष्ट्रिय

मङ्गोलियामा रोपिए ११ करोड रूख

 फागुन २९, २०८०

होहोट, २९ फागुन : विगत एक दशकमा उत्तरी चीनको ’भित्री मङ्गोलिया स्वायत्त क्षेत्र’मा स्थानीयद्वारा सञ्चालित स्वैच्छिक वृक्षारोपण अभियानअन्तर्गत करिब ११ करोड रूख रोपिएका छन् । योसँगै हालसम्म स्थानीय र बाह्य अभियानअन्तर्गत…

पाकिस्तानको पञ्जाबमा आवासीय भवन भत्किँदा नौको मृत्यु, दुई घाइते

 फागुन २९, २०८०

इस्लामाबाद, २९ फागुन : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । उक्त तीनतले भवन…

अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई ७०० अर्ब अमेरिकी डलरको घाटा

 फागुन २९, २०८०

काराकस, २९ फागुन : अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई कुल गार्हस्थ उत्पादनमा झण्डै ७०० अर्ब अमेरिकी डलरको नोक्सानी भएको उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सोमबार बताउनुभएको छ । प्रतिबन्धका कारण भेनेजुएलाको तेल उद्योगले करिब २३२…

युद्धविराम नहुने सङ्केतबीच गाजामा प्यालेस्टिनीहरूको रमजान सुरु

 फागुन २८, २०८०

रफा (गाजा क्षेत्र), २८ फागुन : प्यालेस्टिनीहरूले सोमबार रमजानका लागि उपवास सुरु गरेका छन् । युद्धविराम वार्ता रोकिएको, गाजा क्षेत्रमा भोकमरीले स्थिति बिग्रँदै गएको तथा इजरायल र हमासबीच पाँच महिनादेखि…

सिड्नीबाट उडेको विमानका १२ यात्रु अस्पताल भर्ना

 फागुन २८, २०८०

विलिङटन, २८ फागुन : विमानमा प्राविधिक समस्या आउँदा विरामी परेका १२ जना उपचारका लागि अस्पताल भर्ना भएका छन् ।  सिड्नीबाट अकल्याण्डका लागि उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा विरामी…

प्रधानमन्त्री मोदीद्वारा मिसन दिव्यास्त्रको प्रशंसा, अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण

 फागुन २८, २०८०

नयाँदिल्ली, २८ फागुन : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मल्टिपल इन्डिपेन्डेन्ट्ली टारगेटेबल रि–इन्ट्री भेहिकल (एमआइआरभी) प्रविधिले सुसज्जित स्वदेशीरूपमा विकसित अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण मिसन दिव्यास्त्रको प्रंशसा गर्नुभएको छ ।…

सिड्नीबाट अकल्याण्डका लागि उडेको विमानमा प्राविधिक समस्या

 फागुन २८, २०८०

विलिङटन, २८ फागुन : सिड्नीबाट अकल्याण्डका लागि उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा विरामी परेका १२ यात्रुलाई सोमबार अस्पताल भर्ना गरिएको विमान कम्पनी र सुरक्षाकर्मीले सोमबार एएफपीलाई जानकारी…

मङ्गोलियामा अत्यधिक चिसोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु

 फागुन २८, २०८०

उलान बाटोर, २८ फागुन : मङ्गोलियामा अत्यधिक चिसोका कारण मृत्यु हुने गाईबस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ । मङ्गोलियाका २१…

दक्षिण कोरियामा करिब पाँच हजार चिकित्सकको लाइसेन्स निलम्बन गर्ने सरकारको चेतावनी

 फागुन २८, २०८०

सियोल, २८ फागुन : दक्षिण कोरियाले सरकारी चिकित्सा प्रशिक्षण सुधारको विरोधमा राजीनामा दिएका र काम गर्न छाडेका चार हजार ९०० जुनियर चिकित्सकको मेडिकल लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु गरेको जनाएको…

चीनले प्रमुख राजनीतिक बैठकमा भीपीएनको प्रयोग नियन्त्रणबारे बहस गर्‍याे

 फागुन २७, २०८०

बेइजिङ, २७ फागुन : चीनले यसै साता एक शीर्ष राजनीतिक बैठकमा इन्टरनेट प्रयोगकर्ताहरूलाई प्रतिबन्धित वेबसाइटहरूमा पहुँच प्रदान गर्ने सफ्टवेयरलाई नियन्त्रण (ब्लक) गर्ने प्रयासलाई तीव्रता दिएको सफ्टवेयरको अग्रणी प्रदायक फायरवाल–लिपिङले एएफपीसँग बताएको छ…