समाचार
राजपाका सांसदले १५ दिनको तलब दिने
काठमाडौँ, चैत १२ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले १५ दिनको तलब कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । राजपाका संयोजक शरत्सिंह भण्डारीको निर्देशन…
सौराहाका होटल क्वारेन्टाइनलाई दिइने
चितवन, चैत १२ : पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल क्वारेनटाइनमा प्रयोग गर्न दिइने व्यवसायीले जनाएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका प्रतिनिधिसहित सरोकारवालाहरुको बैठकले सरकारलाई क्वारेन्टाइनका लागि होटल प्रयोग गर्न…
भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्तिको मृत्यु, थप जानकारी आउन बाँकी
पोखरा, चैत १२ : पोखरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । रुपा गाउँपालिका निवासी ५० वर्षीय एक व्यक्ति हैदराबादबाट फर्किनु भएको थियो । उहाँ १२ दिनअघि भारतबाट…
विदेशबाट फर्केका युवकलाई कोरोना अस्पताल भरतपुर पठाइयो
हेटौँडा, चैत १२ : दुबईबाट फर्केका एक युवकलाई मनहरी प्राथमिक स्वास्थ्य केन्द्रले चितवनस्थित भरतपुर कोरोना अस्थायी अस्पताल पठाएको छ । मनहरी गाउँपालिका ८ सिमपानीका २५ वर्षे युवक दुबईबाट चैत ७…
आदेश उलङ्घन गर्ने ९०० गाडी नियन्त्रणमा
काठमाडौँ, चैत १२ : कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ८९१ सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले…
चेम्बरद्वारा ५० हजार थान मास्क हस्तान्तरण
काठमाडौँ, चैत १२ : नेपाल चेम्बर अफ कमर्सले सरकारलाई ५० हजार थान सर्जिकल मास्क उपलब्ध गराएको छ । चेम्बरले उत्पादन गरेका ती मास्क उपाध्यक्ष दीपक मल्होत्राले आज स्वास्थ्य सेवा विभागलाई…
खाद्य उत्पादन तथा आपूर्ति नरोकिने
काठमाडौँ, चैत १२ : सरकारले घोषणा गरेको बन्दाबन्दी ९लकडाउन० को अवधिमा खाद्य उत्पादन तथा आपूर्ति नरोकिने जनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सूचना जारी गरी लकडाउनको अवधिमा दैनिक…
बेलायती राजकुमार चाल्सलाई कोरोना संक्रमण
लण्डन चैत १२ : ७१ वर्षीय बेलायती राजकुमार चाल्सलाई कोरोनाको पोजेटिभ पाइएको छ । उहाँमा कोरोना संक्रमणको सामान्य लक्ष्यण देखिए पछि सेल्फ आइसोलेसनमा जानु भएको छ । तर उहाँको स्वास्थ्य…
संक्रमित युवतीसँगै फ्रान्सबाट आएका बाँकेका चारजनाको खोजी जारी
नेपालगञ्ज, चैत १२ : कोरोनाको संक्रमण देखिएको फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरी चढेको जहाजमा बाँके जिल्लाका समेत चारजनाले यात्रा गरेको खुलासा भएको छ । गत चैत ४ गते फ्रान्सबाट कतार…
लकडाउनको समयमा मदिरा पसल खोल्ने पक्राउ
काठमाडौं, चैत १२ : चन्द्रगिरी नगरपालिका १ दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोली संचालन गरेको अभियोगमा सोही ठाउँ बस्ने पसल संचालक ३७ वर्षीय कबिराज बख्तीलाई मंगलाबर राति प्रहरीले पक्राउ गरेको छ…






