चेम्बरद्वारा ५० हजार थान मास्क हस्तान्तरण

  चैत १२, २०७६

काठमाडौँ, चैत १२ : नेपाल चेम्बर अफ कमर्सले सरकारलाई ५० हजार थान सर्जिकल मास्क उपलब्ध गराएको छ ।

चेम्बरले उत्पादन गरेका ती मास्क उपाध्यक्ष दीपक मल्होत्राले आज स्वास्थ्य सेवा विभागलाई हस्तान्तण गर्नुभयो ।

चेम्बरले यसअघि नै दैनिक ५० हजार मास्क उत्पादन गरी सरकारलाई उपलब्ध गराउने बताएको थियो । बिहीबार पनि विभिन्न जिल्लामा मास्क वितरण गरिने चेम्बरले जनाएको छ ।

तपाईको प्रतिक्रिया