भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्तिको मृत्यु, थप जानकारी आउन बाँकी

  चैत १२, २०७६

पोखरा, चैत १२ : पोखरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । रुपा गाउँपालिका निवासी ५० वर्षीय एक व्यक्ति हैदराबादबाट फर्किनु भएको थियो ।

उहाँ १२ दिनअघि भारतबाट आएको र हिजो मंगलबारबाट क्वारेन्टाइनमा राखिएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।

थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा उहाँको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । ‘मुटुको रोगी, कलेजोमा पानी जमिराखेको भन्ने थियो’ पोखरेलले भन्नुभयो ।

उहाँलाई क्वारेन्टाइनमा राखेको र थप उपचारका लागि पश्चिमाञ्चल अस्पताल पोखरा ल्याउने क्रममा मृत्यु भएको अस्पताल निर्देशक अर्जुन आचार्यले बताउनुभयो । थप जानकारी आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया