समाचार
कृषिउपजको बजार व्यवस्थापन गर्न सरकारलाई निर्देशन
काठमाडौं, वैशाख १२ : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले लकडाउनको समयमा कृषिउपजको बजार व्यवस्थापनका लागि सरकारलाई दुई बुँदे सुझाव दिएको छ । समितिको आज बसेको बैठकले संक्रमित क्षेत्र, संक्रमण जोखिमपूर्ण क्षेत्र,…
काठमाडौस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु
काठमाडौं, वैशाख १२ : सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड–१९) परीक्षण शुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु…
निरन्तर सतर्कताका लागि काँग्रेसको अपिल
काठमाडौं, वैशाख १२ : नेपाली काँग्रेसले सरकार चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन बाध्य भएको जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत अध्यादेशको विविध रुपमा स्वदेश र विदेशमा…
७६ श्रीलंकाली लिएर फर्कियो श्रीलंकाको ध्वजावाहक विमान
काठमाडौं, वैशाख १२ : लकडाउनका कारण नेपालमा अलपत्र परेका ७६ जना आफ्ना नागरिक लिएर श्रीलंकाको ध्वजावाहक वायुसेवा श्रीलंकन एयरलायन्सको जहाज कोलम्बो फर्किएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार, श्रीलंकनको एयरबस…
बाग्मती प्रदेशको कोरोना कोषमा ४२ करोड
हेटौँडा, वैशाख १२ : बाग्मती प्रदेश सरकारले कोरोना विषाणु (कोभिड–१९) नियन्त्रण तथा उपचारका लागि स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई साढे २३ करोड रुपियाँभन्दा बढी निकासा गरेको छ । प्रदेश…
रमजान महिनाका सबै धार्मिक कार्य घरमै गर्न मुस्लिम धर्मगुरुहरुको निर्देशन
नेपालगञ्ज, वैशाख १२ : महामारीका रुपमा फैलिइरहेको कोरोना (कोभिड–१९) को संक्रमणबाट जोगीन र जोगाउन बाँकेका मुस्लिम धर्मगुरुहरुले रमजान महिनामा गरिने परम्परागत तथा धार्मिक कार्यहरु घरमै गर्न सबै मुस्लिमहरुलाई निर्देशन दिएका…
बेलायतमा थप तीन नेपालीको मृत्यु
लण्डन, वैशाख १२ : बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका…
प्रदेश १ मा २८ सङ्क्रमित पुगे
विराटनगर, वैशाख १२ : प्रदेश १ मा हालसम्म २८ जना कोरोना सङ्क्रमित देखिएका छन् । सङ्क्रमितहरुमा २६ पुरुष र दुई महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले…
क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु
ओखलढुङ्गा, वैशाख १२ : उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा…
सङ्क्रमित किशोरलाई वीरगञ्ज पठाइयो
सर्लाही, वैशाख १२ : सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ंज पठाइएको छ । किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित…






