समाचार
नेपाली सेनाकाे प्रवक्तामा पौडेल
काठमाडौँ, असार २० : नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त हुनुभएको छ । उहाँ सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुनुहुन्छ । यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको…
पहिरो गाउँ पस्दा चार परिवारका सात जना बेपत्ता, १८ घर बगे
बझाङ, असार २० : जिल्लाको केदारस्यूँ गाउँपालिका-८, मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिवारका सात जना बेपत्ता भएका छन् भने १८ घर पहिरोमा बगेका छन् । गएराति अविरल वर्षासँगै गाउँको माथिबाट पहिरो…
फ्रान्सको प्रधानमन्त्रीमा वरिष्ठ सरकारी कर्मचारी कास्टेक्सको नियुक्ति
काठमाडौँ, असार १९ : फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रोनले एकजना वरिष्ठ सरकारी कर्मचारीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणबीच खुकुलो बनाउने नीति ल्याउनुभएका जिन कास्टेक्सलाई राष्ट्रपति मैक्रोनले प्रधानमन्त्री नियुक्त गर्नुभएको…
‘प्रधानमन्त्री ओलीलाई काम गर्न देऊ’ भन्दै बुटवलमा प्रदर्शन
बुटवल, असार १९ : पार्टीभित्र आन्तरिक तनाव चुलिएको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका युवा तथा खेलाडीहरूले राष्ट्रियता, सरकार, प्रधानमन्त्री र पार्टी अध्यक्षको पक्षमा भन्दै बुटवलमा प्रदर्शन गरेका छन् । सरकारले…
प्रदेश १ मा काेराेना निकाे भई २१ जना डिस्चार्ज
विराटनगर, असार १९ : प्रदेश १ मा शुक्रबार २१ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट छ जना…
कैलालीको पूर्वी क्षेत्रका २० घर डुबानमा
धनगढी, असार १९ : कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ । विभिन्न नदी र खोलामा आएको बाढी गाउँघरमा पसेर डुबान भएको हो । बिहीबार राति भारी वर्षा भएपछि नदी र…
रामबहादुर बम्जनसहित तीन जनाविरुद्ध बाल यौन शोषणको मुद्दा
सर्लाही, असार १९ : लिटल बुद्ध भनिने रामबहादुर बम्जनलगायत तीन जनालाई प्रतिवादी बनाई सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीले बम्जनलगायत तीनविरुद्ध अदालतमा बिहीबार बाल…
नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा वार्ता
काठमाडौँ, असार १९ : पार्टीमा देखिएको समस्या समाधानार्थ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा वार्ता शुरु भएको छ । असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठकमा नेताहरूबीच पार्टीको…
सेनाले ल्याएका आरएनए एक्स्ट्रयाक्सन किट र भीटीएम मागेभन्दा फरक
काठमाडौं, असार १९ : नेपाली सेनाले चीन सरकारको स्वामित्व रहेको चाइना सिनोफार्मसँग खरिद गरेको ‘पीसीआर किट’ का सबै सेट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले माग गरेभन्दा फरक पाइएको छ ।…
पुटिन सन् २०३६ सम्म राष्ट्रपति रहन पाउने
मस्को, असार १९ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म राष्ट्रपति पदमा बहाल रहन पाउने बाटो खुलेको छ । संवैधानिक सुधारसम्बन्धी जनमतसंग्रहमा पुटिनले करिब ७८ प्रतिशत मत पाएसँगै उनी…






