समाचार

एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए

 असोज १५, २०८३

काठमाडौँ, १५ असोज : जापानमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड) २०२६ अन्तर्गत तेक्वान्दो खेलमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । जापानको आइचीस्थित तोयाहासी जिम्यासिउममा आज भएको खेलमा नेपालकी…

युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने

 असोज १५, २०८३

काठमाडौँ, १५ असोज : नेपाल दूरसञ्चार प्राधिकरणले आधारभूत टेलिफोन सेवाको अनुमति रद्द भएको युनाइटेड टेलिकम लिमिटेड (युटिएल)ले तिर्नुपर्ने बक्यौता र सोमा लाग्ने जरिवाना सरकारी बाँकी सरह असुलउपर गर्ने निर्णय गरेको…

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

 असोज १५, २०८३

काठमाडौँ, १५ असोज : रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी…

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

 असोज १५, २०८३

काठमाडौँ, १५ असोज : नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल…

शुक्रबार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य

 असोज १५, २०८३

काठमाडौँ, १५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को…

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

 असोज १४, २०८३

मनाङ, १४ असोज : मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये आज थप तीन जनाको शव भेटिएको छ । तीन जनाको शव भेटिएसँगै यही असोज ११ गते गएको…

फ्लाइदुबईको विमानमा चालकहरूबीच झगडापछि आपतकालीन अवतरण

 असोज १४, २०८३

ताबुक साउदी अरब, १४ असोज : यूएईको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको एउटा यात्रुवाहक विमान साउदी अरबतर्फ मोडिएको इजरायली अधिकारीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । विमानका सबै यात्रुहरू सकुशल…

सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ : ओली

 असोज १४, २०८३

काठमाडौँ, १४ असोज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई व्यवस्थापन गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…

इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई फाँसीको सजाय

 असोज १४, २०८३

तेहरान, १४ असोज : इरानको न्यायपालिकाले आर्थिक गुनासोका कारण एक महिनाअघि सुरु भई गत जनवरीमा चरम अवस्थामा पुगेको सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा बुधबार दुई जनालाई फाँसीको सजायसहितको फैसला गरेको…

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

 असोज १४, २०८३

काठमाडौँ, १४ असोज : सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा ‘खोज तथा पुनःप्राप्ति’ (सर्च एन्ड रिकभरी)लाई अगाडि बढाउने निर्णय गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको…