समाचार

राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधानविपरीत : विपक्षी दल

 साउन २२, २०८२

काठमाडौँ, २१ साउन : प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहितका विपक्षी दलहरूले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ संविधान विपरित रहेको निष्कर्ष निकालेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को…

वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन

 साउन २२, २०८२

कञ्चनपुर, २१ साउन : नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा आज निधन भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर निवासी भण्डारीको सेती प्रादेशिक…

३५ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

 साउन २२, २०८२

काठमाडौँ, २१ साउन : प्रहरी महानिरीक्षक दीपक थापाले पदोन्नति भएका ३५ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । गृहमन्त्रीस्तरको यही साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक…

जलवायु परिवर्तनका कारण उत्पन्न प्रकोपको सामना गर्न विश्वव्यापी साझेदारी : प्रधानमन्त्री

 साउन २२, २०८२

तुर्कमेनिस्तान, २१ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरुको सामनाका लागि विश्वव्यापी सहकार्य र साझेदारी बढाउन जोड दिनुभएको छ । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो…

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै एकता हुन्छ : महासचिव गुरुङ

 साउन २२, २०८२

काठमाडौँ, २१ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै एकता हुने बताउनुभएको छ । आज यहाँ सम्वाद डबलीले…

नेप्से एक दशमलव ९४ अङ्कले घट्यो

 साउन २२, २०८२

काठमाडौँ, २१ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ९४ अङ्कले घटेर दुई हजार ८३२ दशमलव शून्य छ बिन्दुमा…

विकास आयोजना निर्धारित समयमा सक्नेगरी काम गर्नुस् : कार्यवाहक प्रधानमन्त्री

 साउन २२, २०८२

काठमाडौँ, २१ साउन : कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणसम्बन्धी आयोजनाका काम निर्धारित समयसीमभित्र सक्नेगरी काम गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । स्थानीय पूर्वाधार तथा विकास…

इटालीले विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल बनाउँदै

 साउन २२, २०८२

रोम, २१ साउन :  इटाली सरकारले सिसिली टापुलाई मुख्य भूमिमा जोड्ने विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्न १३ अर्ब ५० करोड युरो (१५अर्ब ६० करोड डलर) परियोजनाका लागि बुधबार…

‘कुलिङ अफ पिरियड’ : प्रतिवेदनमा त्रुटि हुनुमा समिति सभापति र सचिव जिम्मेवार

 साउन २१, २०८२

काठमाडौँ, २० साउन : ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ले सो विधेयकलाई अन्तिमरूप दिने क्रममा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले उत्तरदायीपूर्ण र सचिवले परिभाषित…

अब सञ्चारमाध्यम दर्ता र नवीकरण सूचना विभागबाट नहुने

 साउन २१, २०८२

काठमाडौँ, २० साउन : सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले आज सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी…