राजनीति

उपप्रधानमन्त्री श्रेष्ठसँग बेलायती सांसद शर्माको भेटवार्ता

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग बेलायतका सांसद बीरेन्द्र शर्माले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सांसद शर्मा बेलायत–नेपाल सर्वदलीय सांसद समूहको सभापति हुनुहुन्छ ।…

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको…

नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सचिवालय सदस्य घनश्याम भुसाललाई पार्टीको महासचिव बनाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय…

ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत  : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ललितपुरका जनप्रतिनिधि र स्थानीयले भेट गरेका छन् । ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकाका जनप्रतिनिधिले भेटेर निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना…

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण…

उपराष्ट्रपतिको शपथ सोमबार

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिनुहुनेभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम…

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने,आजदेखि सत्तापक्षको बेञ्चमा बस्ने

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको…

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने भएको छ । पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न…

चौध वर्षपछि आज स्ववियु निर्वाचन

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा हुँदैछ । साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन…

कांग्रेस संसदीय दलको बैठक बस्दै

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल…