घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौँ : वीर अस्पताल

 भदौ २८, २०७९

काठमाडौं, भदौ २८ : वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै…

दुर्गमका लागि झन्डै दुई लाख क्विन्टल चामल ढुवानी गरिँदै

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २८ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष एक लाख ८० हजार क्विन्टल चामल ढुवानी गर्ने भएको छ । खाद्य कम्पनीले २४ दुर्गम जिल्लामा सुपथ मूल्यमा…

महारानी एलिजाबेथ द्वितीया : नेपाली गोर्खा समुदायद्वारा श्रद्धाञ्जली

 भदौ २७, २०७९

काठमाडौं, भदौ २७ : महारानी एलिजाबेथबाट सम्मानपत्र प्राप्त गरेका नेपाली समुदायका एकजना सदस्यले उनको निधनपछि आफू शोकाकुल भएको बताएका छन् । सुजन कटुवाल यूकेमा नेपाली समुदायका सदस्य हुन् र उनले…

बेलायती राजा चाल्र्स तृतीयको बेलायती संसदमा पहिलो सम्बोधन

 भदौ २७, २०७९

लण्डन, भदौ २७ : बेलायती राजा चाल्र्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गर्नुभएको छ । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चाल्र्स तृतीयलाई बेलायतको नयाँ…

इन्द्रजात्राको प्रशंसा गर्दै फर्किए पाहुना

 भदौ २७, २०७९

काठमाडौँ, भदौ २७ : वर्षा र सहकालको देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना बिदा भएका छन् । ऐतिहसिक जात्रा अवलोकनका लागि काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा…

संविधान दिवसको अवसरमा एमालेले पदयात्रा गर्ने

 भदौ २७, २०७९

काठमाडौँ, भदौ २७ : नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा पदयात्रा गर्नेभएको छ । पार्टीले संविधान दिवसको अवसरमा आगामी असोज १ गते काठमाडौँका विभिन्न पाँच ठाउँबाट पदयात्रा निकाली वसन्तपुर पुगी…

बागलुङ बजार भित्रियो मुस्ताङको स्याउ

 भदौ २७, २०७९

बलेवा, भदौ २७ : भदौको अन्तिम साता सुरु भएसँगै मुस्ताङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका नजिकका बजारमा देखिन थालेको छ । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको…

साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्ने

 भदौ २७, २०७९

काठमाडौँ, भदौ २७ : दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादनगर्ने भएको छ । दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 भदौ २७, २०७९

काठमाडौँ, भदौ २७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५४ अङ्कले ओरालो लागेर एक…

थप एक सय ७९ मा कोरोना संक्रमण, एकको मृत्यु

 भदौ २७, २०७९

काठमाडौँ, भदौ २७ : देशभर पछिल्लो २४ घण्टामा थप एक सय ७९ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । पछिल्लो…