मनसुनजन्य विपद्बाट २१ को मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा

 असोज ११, २०८३

काठमाडौँ, ११ असोज : बिहीबारदेखिको अविरल वर्षासँगैको बाढी, पहिरो तथा डुबानबाट देशभरमा २१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझसम्म विपद्मा परी…

अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

 असोज ११, २०८३

काठमाडौँ, ११ असोज : प्रधानमन्त्री वालेन्द्र शाहले वर्षाले जोखिम बढाएका कारण सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले विपद्मा परी ज्यान गुमाउनेहरु सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण…

पितृपक्ष (सोह्र श्राद्ध) सुरु : आज प्रतिपदा तिथि श्राद्ध

 असोज ११, २०८३

काठमाडौँ, ११ असोज : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिएको छ । आज…

इजरायली मन्त्रीद्वारा गाजा–लेबनानका क्षेत्र गाभ्न आह्वान

 असोज ११, २०८३

जेरुसेलम, ११ असोज : इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र दक्षिण लेबनानका केही क्षेत्र इजरायलमा गाभ्न आह्वान गर्नुभएको छ । उहाँले कब्जा गरिएको वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध सैन्य…

‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’

 असोज ११, २०८३

ललितपुर, ११ असोज : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टले सरकारी सेवामा क्रियाशील कर्मचारीहरूको दक्षता, सीप र ज्ञानको अभिवृद्धिमा काम गर्दै सेवा प्रवाहमा उत्कृष्टता ल्याउन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको…

भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित

 असोज ११, २०८३

लखनउ (भारत), ११ असोज : उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ । भारतको सबैभन्दा बढी…

सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो

 असोज ११, २०८३

नवलपरासी (बर्दघाट-सुस्ता-पश्चिम), ११ असोज : अविरल वर्षाका कारण नारायणी नदीको बाढी सुस्तामा पसेपछि स्थानीयलाई नारायणीवारि ल्याइएको छ । पश्चिम-नवलपरासीको सुस्ता गाउँपालिका-५ मा शुक्रबारदेखि बाढी पसेको हो । जिल्ला प्रशासन कार्यालय…

पूर्वी कङ्गोको किभु तालमा डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

 असोज ११, २०८३

बुकाभु (कङ्गो), ११ असोज : पूर्वी कङ्गोको किभु तालमा व्यापारी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु बेपत्ता भएका छन् । दक्षिण किभु प्रान्तको इड्ज्वी…

पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री

 असोज ११, २०८३

काठमाडौँ, ११ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले ४७औँ…

विपदबाट चार दिनमा १५ जनाको मृत्यु

 असोज ११, २०८३

काठमाडौँ, ११ असोज : देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा १५ जनाको मृत्यु भएको छ । विपद्मा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र…