पूर्वनिर्धारित परिक्षा स्थगित हुँदैनन् : शिक्षा मन्त्री

  बैशाख ०६, २०७८

काठमाडौं, वैशाख ६ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कुनै तोकिएका कुनै पनि परीक्षा नरोकिने बताउनुभएको छ । मन्त्री श्रेष्ठले आज ललितपुरमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरुसँग कुराकानी गर्दै सो कुरा बताउनुभएको हो ।

कोरोना संक्रमणको दर बढेकाले वैकल्पिक माध्यमबाट पढाउने व्यवस्था गरी वैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताउनुभयो । उहाँले विद्यालय बन्द गरिँदैमा पढाइ नै बन्द नहुने भन्दै वैशाखसम्म सबै पठनपाठन सम्पन्न गरी आगामी असारदेखि नयाँ शैक्षिक सत्र सुरु हुने समेत बताउनुभयो ।

वैशाख मसान्तसम्म स्कुलको पठनपाठनलाई भर्चुअल माध्यम र इलेक्ट्रोनिक माध्यमबाट पठनपाठनलाई निरन्तरता दिने र आगामी दिनमा संक्रमण हेरेर निर्णय लिने समेत उहाँले बताउनुभयो । २५ वर्ष मुनिका विद्यार्थीमा संक्रमणको प्रभाव बढी देखिएका कारण विद्यालय बन्द गर्नुपरेको समेत उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया