काठमाडौं , चैत १८ : कोरोना संक्रमण जोेखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम अगाडि बढाइएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नाकामा ज्वरो आएको वा कोरोनाको लक्षण शंका देखिएका मानिस माथि ज्वरो नाप्ने काम भइरहेको जानकारी दिनुभयो ।
चार दिन अघि देखि ‘नाकामा रहेका हेल्थ डेस्कमा जनस्वास्थ्य कार्यालयबाट खटिएकाले कर्मचारीले ज्वरो नाप्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
कोरोनाको जोखिम बढिरहेकोले आगामी दिनमा अझ कोरोना संक्रमण भित्रन नदिन अझै कडाईका साथ काम अघि बढाउने समेत उहाँले बताउनुभयो ।