बिपी राजमार्गमा डाइभर्सन निर्माण धमाधम (फोटो फिचर)

  १० घण्टा अगाडि

काठमाडौँ, २३ असोज : सरकारले बाढी र पहिरोले अवरुद्ध बिपी राजमार्ग खुलाउने गरी डाइभर्सन निर्माणको काम धमाधम गरिराखेको छ। अवरुद्ध सडकलाई तीन खण्डमा विभाजन गरेर डाइभर्सन बनाएर सवारी सञ्चालनका लागि काम भएको हो। 

सेक्टर ‘ए’ दाप्चापुलदेखि चारसयबेंसी, सेक्टर ‘बी’ गाम्दीबेंसीदेखि डल्लाबेसी र सेक्टर ‘सी’ सुख्खा पहिरोदेखि मम्पी गरेर तीन खण्डमा सडक सञ्चालनका लागि धमाधम काम भइरहेको सडक डिभिजन भक्तपुरले जनाएको छ। 

पहिलो र दोस्रो खण्डमा आर्ज डाइभर्सन बनाइसक्ने र तेस्रो खण्डमा शुक्रबारसम्ममा डाइभर्सन निर्माण गरेर सडक सञ्चालन गर्ने लक्ष्य सडक डिभिजन भक्तपुरको छ। 

रोशी खोलामा पानीको बहाव नघट्दा लक्ष्य अनुसार काम गर्न समस्या भएको डाइर्भन निर्माणमा सहभागीले बताएका छन्। अहिले अवरुद्ध सडक खुलाउन जेसिबी र टिफरले काम गरिराखेका छन्। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ  एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अवरुद्ध बिपी राजमार्गको अवलोकन गर्नुभएको छ। 

तपाईको प्रतिक्रिया