काठमाडौँ, १९ असोज : गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको छ ।
मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले आज जारी गर्नुभएको सूचनामा विपद् जोखिम प्रतिकार्यमा संलग्न नभएका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न अनुरोध गरिएको उल्लेख छ ।
यही असोज १७ गतेदेखि भइरहेको वर्षाका कारण करिब तीन दर्जन जिल्ला प्रभावित भएका छन् । ती जिल्लामा विपद् जोखिम तथा प्रतिकार्यका काम भइरहेका राससमा उल्लेख छ ।