पृथ्वी राजमार्गको आँबुखैरेनीमा सवारीसाधन रोकिए

  ५ घण्टा अगाडि

दमौली (तनहुँ), १८ असोज : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सवारीसाधन रोकिएका छन् । आज बिहानदेखि निरन्तर वर्षा भइरहेकाले प्रहरीले आँबुखैरेनीमा सवारीसाधन रोकेको हो ।

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला र मुग्लिन–काठमाडौँको जवाङ खोलामा पहिरोको जोखिम रहेकाले सवारीसाधन सुरक्षित ठाउँमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आँबुखैरेनीमा करिब दुई÷तीन सय सवारीसाधन रोकिएका छन् ।

वर्षा भइरहेकाले अनावश्यक यात्रा नगर्न उहाँले आग्रह गर्नुभयो । वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा भने अहिलेसम्म अवरोध नरहेको कार्कीले उल्लेख गर्नुभएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया