राष्ट्रपति पौडेलले टीका लगाउनुभयो

  असोज १६, २०८२

काठमाडौँ, १६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुनप्रसाद न्यौपाने र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाउनुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाउनुभएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले राससलाई जानकारी दिनुभयो । त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका लगाइदिनुभयो । (रासस)

तपाईको प्रतिक्रिया