दासको निर्देशनमा बयान सार्वजनिक

  ८ घण्टा अगाडि

काठमडौँ, १२ असोज : नुवाकोटका गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । 

‘बयान’ बोलको मेलोडियस गीतको भिडियो नुवाकोट बिदुरमा रहेको शिवालय सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । भिडियो सार्वजनिक कार्यक्रममा म्युजिक भिडियो निर्माण टिम संगै नुवाकोटका थुप्रै गन्यमान्य व्यक्तित्वको उपस्थिति रहेको थियो । 

नुवाकोटमा थुप्रै व्यवसाय गरेर सफल बनेका सन्तोष सरगम अधिकारीको शब्द रचना रहेको गीतमा सरोज पोखरेलको संगीत रहेको छ । रोशन दासले निर्देशन गरेको भिडियोमा सन्तोष सरगम अधिकारिको जीवन र सफलताको कथा देखाउन खोजिएको छ ।  

नितेश घतानले छायाङ्कन गरेको भिडियोको सम्पादन बिनोद बमले गर्नुभएको छ । भिडियोमा सन्तोष सरगम अधिकारी, प्रियना आचार्य, नारायण बिक, रुपा पुडासैनीले अभियान गर्नुभएको छ । 

सन्तोष सरगमको यो पहिलो भिडियो हो । भिडियोमा सन्तोष र प्रियनाको केमेस्ट्री राम्रो देखिएको छ । सन्तोषको निर्माणमा बनेको भिडियो सरोज पोखरेलको अफिसियल च्यानल मार्फत् सार्वजनिक गरिएको छ । भिडियोमा नुवाकोटका विभिन्न रमणीय स्थान कैद गरिएको छ ।

तपाईको प्रतिक्रिया