कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने

  ५ घण्टा अगाडि

काठमाडौं, १० असोज : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आउँदो असोज २६ गते आइतबार बस्ने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनाअनुसार बैठक दिउँसो १ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगरमा बस्नेछ । 

बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बैठकमा हालैको राजनीतिक परिदृश्य, आगामी प्रतिनिधि सभा निर्वाचनका तयारी, सरकारसँगको सम्बन्ध तथा पार्टी संगठनलाई सुदृढ बनाउने विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ । 

नेपाली कांग्रेसले हालैका दिनमा आन्तरिक संगठन विस्तार, नीति तथा कार्यक्रमलाई स्पष्ट पार्ने प्रयास गर्दै आएको छ । 

पार्टीभित्र देखिएका असन्तुष्टि समाधान, नेतृत्वको भूमिका र आगामी रणनीति यस बैठकका प्रमुख एजेन्डा हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया