विश्व पर्यटन दिवसको अवसरमा फोटो प्रदर्शनी

  ४ घण्टा अगाडि

काठमाडौं, ११ असोज : विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले फोटो प्रदर्शनीको आयोजना गरेको छ । इन्द्रजात्राको दौरान खिचिएका तस्बिरलाई संकलन गरेर इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा इन्द्रजात्राको अवसर खिचिएका तस्बिर राखिएको छ । पुराना तथा हालका जिवितदेवी कुमारी, भैरब र गणेशदेखि लाखे पुलिकिसीलगायत जात्रामा गरिने हरेक गतिविधिका तस्बिरलाई महत्वका साथ राखिएको छ । 

तीन दिनसम्म चल्ने प्रदर्शनीमा विदेशी पर्यटक तथा आन्तरिक पर्यटकले चासोका साथ अवलोकन गरेको अध्यक्ष प्रदीपराज वन्तले बताउनुभयो । जात्रा हेर्न नपाएका र जात्राका बारेमा थाहा नै नभएका पर्यटकले यहि फोटो प्रदर्शनीमार्फत जानकारी लिएको उहाँको भनाइ छ ।

नेपाल आर्ट काउन्सिल र काठमाडौं महानगरपालिकाको सहकार्य रहेको प्रदर्शनीमा २० फोटोग्राफरका ९० तस्बिर समावेश गरिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया