दसैँ अवधिमा जिल्ला अदालत खुला रहने

  असोज ०६, २०८२

भद्रपुर (झापा), ६ असोज : झापा जिल्ला अदालतमा यसवर्षको दसैँ बिदामा समेत बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ हुने भएको छ ।

अदालतका स्रेस्तेदार उपसचिव डिल्लीराम प्रसाईका अनुसार विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारबाहेकका दिन बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहनेछ । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन लिई सुनुवाइ गर्न अदालत खुला रहने उहाँले बताउनुभयो ।

अन्य सरकारी कार्यालयले दसैँको अवसरमा सामान्यतया ६ दिन बिदा दिने गरे पनि देशभरका अदालतले भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन सार्वजनिक बिदा दिने परम्परा छ ।
रासस

तपाईको प्रतिक्रिया