काडमाडौँ, असोज १ गते । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदैछ ।
कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउने गर्दछन् । काठमाडौँको भद्रकाली, मैतीदेवी, ललितपुरको महालक्ष्मी मन्दिरलगायत विभिन्न शक्तिपीठमा सवारी साधनको पूजा गर्नेको घुँइचो छ।