काठमाडौँ, ३१ भदौ : जिल्ला प्रहरी परिसर काठमाडौँले मानव अस्थिपञ्जरहरू भेटिएकाले हराई, सम्पर्कमा नरहेका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनबारे जानकारी दिन अनुरोध गरेको छ ।
यही भदौ २३ र २४ गते जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा विभिन्न भौतिक संरचनाहरूको क्षति, तोडफोड र आगजनी भएकाले काठमाडौँ जिल्लाका विभिन्न स्थानहरूमा रहेका भवनहरूको सरसफाइ तथा उद्धारको क्रममा आगोमा जली पहिचानसमेत खुल्न नसकेका मानव अस्थिपञ्जरहरू भेटिएका परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
त्यसैगरी परिसरले एक प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त विरोधको कार्यक्रमको समयपश्चात् हराई, सम्पर्कमा नरहेका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनका सदस्यहरू कोही भएमा प्रहरी कन्ट्रोल नम्बर १००, यस जिल्ला प्रहरी परिसर, काठमाडौँको सम्पर्क नम्बर ९८५१२८३०१२,mpcd comm@nepalpolice.gov.np मा इमेल वा नजिकको प्रहरी कार्यालयमा सो को जानकारी दिन हुन अनुरोध गरिएको छ ।
जिल्ला प्रहरी परिसरले अस्थिपञ्जरको पहिचानमा सहयोग गर्न समेत सबैलाई आग्रह गरेको राससमा उल्लेख छ ।