राष्ट्रपतिसमक्ष प्रधानमन्त्री कार्कीले लिनुभयो पद तथा गोपनीयताको शपथ

  ४ घण्टा अगाडि

काठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारीको उपस्थिति छ ।

तपाईको प्रतिक्रिया