काठमाडौँ, २७ भदौ : नेपाल प्रहरीले आगजनी, तोडफोड, लुटपाटलगायत विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो, फुटेज तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराइदिन हुन अनुरोध गरेको छ ।
नेपाल प्रहरीले शुक्रबार सूचना जारी गर्दै आगजनी, तोडफोड, लुटपाट, चोरीडकैती लगायतका विविध घटनासँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन सर्वसाधारणलाई अनुरोध गरेको हो ।
भदौ २३ र २४ गते काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, चोरीडकैतीलगायत आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका घटनासँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्क भएमा नेपाल प्रहरीको अफिसियल इमेल आइडीमा पठाउन आग्रह गरेको छ ।
प्रहरीले आगजनी, तोडफोड, लुटपाट, चोरीडकैती लगायतका विविध घटनासँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू इमेल www.nepalpoliceinfo@gmail.com मा पठाउन अनुरोध गरेको छ । तस्विर, भिडियो सामाजिक सञ्जालको लिङ्क पठाउनेको गोपनीयता कायम रहने प्रहरीद्वारा आज जारी गरिएको सूचनामा उल्लेख गरेको छ ।
