भैंसेपाटीस्थित मन्त्री निवासमा आगजनी

  भदौ २४, २०८२

काठमाडौं, २४ भदौ : ललितपुरको भैंसे पार्टीमा रहेको मुख्य मन्त्रीको आवास र संघीय मन्त्री निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । 

सुरक्षामा खटिएका प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि मन्त्री निवासमा आगजनी भएको जानकारी ललितपुर  जिल्ला प्रहरी परिसरका प्रवक्ता चक्रराज जोशीले दिनुभयो । 

आगजनी भएपछि त्यस क्षेत्रमा हेलिकोप्टर उडेको दृश्य देखिएको छ र आगजनीबाट निस्केको धुवाको मुस्लो त्यस क्षेत्रमा फैलिएको छ । विस्तृत विवरण आउन बाँकी छ । 

तपाईको प्रतिक्रिया