जेनजी आन्दोलनमा घुसपैठ भएपछि फिर्ता हुन आव्हान

  भदौ २३, २०८२

काठमाडौं, २३ भदौ : जेन जीको प्रदर्शनमा घुसपैठ भएको भन्दै जेनजी नेपालले युवाहरुलाई फिर्ता हुन आव्हान गरेको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट त्यस्तो आह्वान गरिएको छ ।

आव्हानमा भनिएको छ,  ‘कृपया तत्काल सुरक्षित तरिकाले बाहिर निस्किनुहोस् । केही घुसपैठ र स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाउन लागे । चाँडोभन्दा चाँडो त्यहाँबाट फिर्ता हुनुस् । आजको हाम्रो कार्यक्रम सफल भइसकेको छ । सबैजना सुरक्षित तरिकाले घर जानुहोला ।’

तपाईको प्रतिक्रिया