बेइजिङ, ११ चैत : चीनले अमेरिकाको सम्बन्धमा स्वस्थ विकास चाहेको बताएको छ । सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता को च्या खुनले यस्तो बताएका हुन् ।
नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘चीन-अमेरिका सम्बन्ध स्थिर, स्वस्थ र दिगो रूपमा विकसित हुनु नै दुवै देशका जनताको साझा हित र अन्तर्राष्ट्रिय समाजको सामान्य अपेक्षा अनुकूल हुनेछ ।’
पत्रकार सम्मेलनमा चीनले अमेरिकासँग सम्झौता वार्ता गर्ने कि नगर्ने भन्ने पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै उनले यस्तो धारणा राखेका हुन् ।