गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९७ पुग्यो

  जेठ ३१, २०७७

पोखरा, जेठ ३१ : गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेशको पर्बत जिल्ला ४ जनामा कोरोना पुष्टि भएको छ ।

कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ६ का १ जना बालक (पुरुष) र बर्ष १७ का १ जना महिलामा र बर्ष १६ र १७ का २ जना पुरुषमा समेत कोरोनको संक्रमणको पुष्टि भएको छ । उहाँहरुलाई जिल्ला स्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भईरहेको छ ।

साथै गण्डकी प्रदेश, नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४५ का एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उहाँलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको शनिबार स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।

तपाईको प्रतिक्रिया