‘टुर द ठाकुरद्वारा’ भोलिदेखि

  माघ २५, २०८०

जानकी (बाँके), २६ माघ : बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्न बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा ‘टुर द ठाकुरद्वारा’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

यही माघ २६ र २७ गते बर्दियाको ठाकुरद्वारामा उक्त कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रममा दुई सयभन्दाबढी साइकलयात्री सहभागी हुने आयोजक नेपालगन्ज साइक्लिङ क्लबले जनाएको छ । कार्यक्रम संयोजक निरौलाका अनुसार बाँकेको बागेश्वरी मन्दिर हुँदै बर्दियाको ठाकुरद्वारासम्म सञ्चालन हुने यात्रा एक सय ४ किलोमिटर लामो रहेको छ ।

उहाँले बागेश्वरी मन्दिरबाट सुरु भई साइकलयात्रा कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुग्ने बताउनुभयो । चीन र भारतबाटसमेत साइकल यात्रीको सहभागिता रहने कार्यक्रम संयोजक निरौलाले बताउनुभयो । टुर द ठाकुरद्वारा सम्पन्न गर्न करिब रु २७ लाख खर्च हुने अनुमान गरिएको उहाँले जनाकारी दिनुभयो ।

साइकल यात्रामा सहभागी हुने साइकलयात्रीमार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया