धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा

  चैत २६, २०७९

काठमाडौँ, २६ चैत : धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो तर यसको पूर्ण विवरण आइसकेको छैन ।

उक्त हेलिकप्टर बेसक्याम्पसमा सामान लिएर पुगेको भनिएको छ तर यथार्थ विवरण लिने प्रयास भइरहेको गौतमले बताए ।

तपाईको प्रतिक्रिया