क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा आज पनि पेसी

  चैत २६, २०७९

 

काठमाडौँ, २६ चैत : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो ।

मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले सुनुवाइ आजै हुने सम्भावना रहेको छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

यसअघि किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको निवेदनमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको थियो। अन्तिम फैसलाबाटै मुद्दा किनार लगाउनुपर्ने भन्दै तत्काल अन्तरिम राहत दिन नपर्ने आदेश जिल्ला अदालतले दिएको थियो।

तपाईको प्रतिक्रिया