रामेछापमा बलेरो दुर्घटनामा चारको घटनास्थलमै मृत्यु

  चैत २३, २०७९

मन्थली, २३ चैत : रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जना बढी घाइते भएका छन् ।

मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीयवासी बलबहादुर तामाङका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने र एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ ।

स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ ।

मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक यस मिटर तल झरेको थियो । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले वताउनुभयो । रासस

तपाईको प्रतिक्रिया