काठमाडौं, २१ चैत : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षपछि आफ्नो पार्टीले एकल सरकार बनाउने दाबी गर्नुभएको छ । भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको एकल सरकार बन्ने दाबी गर्नुभएको हो ।
उहाँले भन्नुभयो,‘५ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार कसैले रोकेर रोकिने वाला छैन।’
उहाँले मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेपनि आफू नडराउने बताउनुभयो । उहाँले भन्नुभयो,‘जताजता मुद्दा हाल्नुपर्छ हाले हुन्छ, देशमा हालेर पुग्दैन भने विदेशमा पनि हाले हुन्छ म यस्ता मुद्दाबाट डराउनेवाला छैन। ।’
सभापति लामिछानेले आफूले भ्रष्टाचारको फाइल खोल्ने भनेपछि भएभरको शत्ति लागेर आफूलाई सिध्याउन लागेको आरोप लगाउनुभयो ।






