महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी, सात वटा गाडी जले

  चैत २०, २०७९

काठमाडौँ, २० चैत : ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा सात वटा गाडी जलेका छन् । आज बिहान भएको आगलागीबाट तीन वटा मोटरसाइकल र तीन वटा स्कुटर पनि जलेका छन् ।

आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको र क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन ।

तपाईको प्रतिक्रिया