बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते

  चैत १९, २०७९

रामेछाप, १९ चैत : खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा ९ठुटे पिपलबोट०मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हँुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडाँै जाँदै गरेको थियो । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

तपाईको प्रतिक्रिया