स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना

  चैत १८, २०७९

काठमाडौं, १८ चैत : स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । शनिबार साँझ पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

पेटमा समस्या भएपछि उहाँ आज साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले राससलाई जानकारी दिनुभयो । “राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि आज साँझ अस्पतालमा भर्ना हुनुभएको हो”, उहाँले भन्नुभयो ।

अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा आज साँझ भर्ना हुनुभएको र उहाँ हाल चिकित्सकहरुको निगरानीमा रहनुभएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया